FacebookTwitterLinkedin
  • sl1.png
  • sl2.png
  • sl3.png
  • sl4.png
  • sl5.png
  • south lalitpur 20.jpg
  • south lalitpur 34.jpg

जिल्ला सहकारी संघ लिमिटेड ललितपुर २०२८ सालमा स्थापना गरिएको हो । जिल्ला भित्र रहेका सबै प्रकृतिका सहकारीसंघ÷संस्थाहरुको विकास र प्रर्बद्धन गर्ने उद्देश्ले स्थापना गरिएको यो संघ जिल्ला स्तरिय छाता निकाय हो । यस संघमा जिल्ला भित्र स्थापित सबै विषयगत संघहरु र प्रारम्भिक सहकारी संस्थाहरु आबद्ध हुन पाउने प्रवधान रहेको छ । SDC10386
आफ्ना सदस्य संस्थाहरुको विकास र प्रर्वधनका लागि सदस्यहरुमा सेवा प्रदान गर्दै सहकारी संस्थालाई ब्यवसायिक रुपमा प्रतिस्पर्धात्मक बनाउन संघ क्रियाशिल छ । सहकारी शिक्षा, तालिम, सूचना र क्षमता विकासका कार्यव्रmमलाई प्रत्येक सहकारी संस्थाहरुमा पु¥याउनु अनिवार्य ठानी यस क्षेत्रको विकास र प्रर्वधनका लागि संघले सरोकारवाला निकायहरुसंग सहकार्य गरी विविध कार्यव्रmमहरु सञ्चालन गरिरहेको छ ।

सहकारी संस्था संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणमा रहने ब्यवसायमार्फत साझा आर्थिक सामाजिक र साँस्कृतिक आवश्यकता र आकाँक्षा पूर्ति गर्न स्वेच्छाले संगठित भएका ब्यक्तिहरुको स्वायत्त संस्था हो । आत्मनिर्भर अर्थतन्त्रको विकास र न्यायपूर्ण समाज स्थापनाको परिकल्पनाको ध्येयले सुरुवात भएको सहकारी अभियाले विश्वब्यापि आकार लिएको छ । सहकारीको विशिष्टता, राजनैतिक तथा धार्मिक तटस्थता नै हो । बिश्वमा सहकारीले अहिले प्राप्त गरेको उचाईको आधार समेत यहि विशिष्टताबाट प्राप्त भएको हो ।

सहकारीको विश्वव्यापी चरित्रको कारण हरेक क्षेत्र तथा वर्गका व्यक्तिमा सहकारी प्रतिको आकर्षण बढ्दो छ । सामाजिक न्याय र आर्थिक सशक्तिकरणका लागी सहकारीताको माध्यमबाट बिभिन्न व्यवसायिक गतिविधिहरुको विस्तार हुने क्रम निरन्तर जारी छ । सहकारी सँस्कृतीको रुपमा दिनानु दिन नयाँ नयाँ क्षेत्रमा प्रयोग भईरहेको छ । बचत तथा कर्जा कारोवारको अलावा कृषि, उपभोक्ता, कफि, चिया, मह उत्पादन , उखु उद्योग, तरकारी तथा फलफुल उत्पादन, मूर्तिकला, विद्युत, सूचना, स्वास्थ्य, शिक्षा, जडिवुटि, पर्यटन लगाएत विबिध क्षेत्रका स्रोत, साधन, पेशा, सिप र व्यवसायलाई सहकारी मार्फत परिचालन भई सहकारी संस्कृतिको विकास भईरहेको छ ।
सहकारी स्वभावैले कसैको प्रतिस्पर्धि हुनै सक्दैन । सबै पक्षलाई समेटेर लान सक्ने क्षमता र हैसियत नै सहकारी संग छ । स्वाधीन अर्थतन्त्रको लागि सहकारी निर्विकल्प आर्थिक सामाजिक र साँस्कृतिक स्पान्तरणको माध्ययम हो ।

सहकारीले बिश्वव्यापी रुपमा प्राप्त गरेको उचाई र व्यापकतालाई स्वीकार गर्दै यसले गरिबी न्यूनिकरणमा पु¥याएको योगदान, रोजगारीको सृर्जना र सामाजिक एकीकरणमा खेलेको भूमिकाको उच्च सम्मान गर्दै प्राथमिकताको साथ संयुक्त राष्ट्र संघले समेत सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी बर्षको रुपमा मनाउने घोषण गरे बमोजिम सहकारी जागरण र सचेतनामुलक विविध कार्यव्रmमका साथ अन्तर्राष्ट्रिय सहकारी वर्ष सम्पन्न भएको छ । सहकारी अभियानको विकास र प्रर्वघनमा योगदान गरिरहेको यस संघलाई ९१ औं अन्र्तराष्ट्रिय सहकारी दिवशको अवसरमा राष्ट्रिय सहकारी संघद्धारा उत्कृष्ठ सहकारी पुरस्कार प्रदान गरेको छ ।

दुरदृष्टि (Vision)
सहकारी संघ÷संस्थाहरुलाई सुदृढिकरण गरि व्यवसायिक र प्रतिस्पर्धात्मक बनाउने ।

परिलक्ष्य (Mission)
सहकारी संघ÷संस्थाहरुलाई सहकारी शिक्षा, तालिम र सूचनाको माध्यमबाट प्रतिस्पर्धात्मक, व्यवसायिक इमान्दारिता, पारदर्शिता र जवाफदेहि बनाउनुका साथै सहकारी संघ÷संस्थाहरुको क्षमता विकास गरी सहकारी अभियान लाई अगाडि वढाउने ।

उद्देश्य(Objectives)
(क) संघको कार्यक्षेत्र भित्रका संस्था तथा विषयगत संघको विकास तथा प्रवद्र्धन गर्ने ।
(ख) आफ्ना सदस्य संस्था विषयगत संघको व्यवसायिक तथा आर्थिक विकासका लागि सहयोग गर्ने ।
(ग) सदस्य संस्था विषयगत संघको बीच सहयोग र समन्वय कायम गर्ने ।

सम्पर्क ठेगाना

Lalitpur-14, Mahalaxmisthan
Phone No:977-01-5522381
Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.
This email address is being protected from spambots. You need JavaScript enabled to view it.
This email address is being protected from spambots. You need JavaScript enabled to view it.