जिल्ला सहकारी संघ लिमिटेड ललितपुर                        Call : 977-01-5522381  Email :- letter.dcu@gmail.com

  • केदार गोर्खाली
    अध्यक्ष
  • माधव दुलाल
    निवर्तमान अध्यक्ष
  • रामशरण बस्नेत
    उपाध्यक्ष
  • शशि खड्का (गुरुङ्ग)
    महिला उपाध्यक्ष

परिचय

जिल्ला सहकारी संघ लिमिटेड ललितपुर २०२८ सालमा स्थापना गरिएको हो । जिल्ला भित्र रहेका सबै प्रकृतिका सहकारीसंघ÷संस्थाहरुको विकास र प्रर्बद्धन गर्ने उद्देश्ले स्थापना गरिएको यो संघ जिल्ला स्तरिय छाता निकाय हो । यस संघमा जिल्ला भित्र स्थापित सबै विषयगत संघहरु र प्रारम्भिक सहकारी संस्थाहरु आबद्ध हुन पाउने प्रवधान रहेको छ । आफ्ना सदस्य संस्थाहरुको विकास र प्रर्वधनका लागि सदस्यहरुमा सेवा प्रदान गर्दै सहकारी संस्थालाई ब्यवसायिक रुपमा प्रतिस्पर्धात्मक बनाउन संघ क्रियाशिल छ । सहकारी शिक्षा, तालिम, सूचना र क्षमता विकासका कार्यव्रmमलाई प्रत्येक सहकारी संस्थाहरुमा पु¥याउनु अनिवार्य ठानी यस क्षेत्रको विकास र प्रर्वधनका लागि संघले सरोकारवाला निकायहरुसंग सहकार्य गरी विविध कार्यव्रmमहरु सञ्चालन गरिरहेको छ ।

          सहकारी संस्था संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणमा रहने ब्यवसायमार्फत साझा आर्थिक सामाजिक र साँस्कृतिक आवश्यकता र आकाँक्षा पूर्ति गर्न स्वेच्छाले संगठित भएका ब्यक्तिहरुको स्वायत्त संस्था हो । आत्मनिर्भर अर्थतन्त्रको विकास र न्यायपूर्ण समाज स्थापनाको परिकल्पनाको ध्येयले सुरुवात भएको सहकारी अभियाले विश्वब्यापि आकार लिएको छ । सहकारीको विशिष्टता, राजनैतिक तथा धार्मिक तटस्थता नै हो । बिश्वमा सहकारीले अहिले प्राप्त गरेको उचाईको आधार समेत यहि विशिष्टताबाट प्राप्त भएको हो ।

         सहकारीको विश्वव्यापी चरित्रको कारण हरेक क्षेत्र तथा वर्गका व्यक्तिमा सहकारी प्रतिको आकर्षण बढ्दो छ । सामाजिक न्याय र आर्थिक सशक्तिकरणका लागी सहकारीताको माध्यमबाट बिभिन्न व्यवसायिक गतिविधिहरुको विस्तार हुने क्रम निरन्तर जारी छ । सहकारी सँस्कृतीको रुपमा दिनानु दिन नयाँ नयाँ क्षेत्रमा प्रयोग भईरहेको छ । बचत तथा कर्जा कारोवारको अलावा कृषि, उपभोक्ता, कफि, चिया, मह उत्पादन , उखु उद्योग, तरकारी तथा फलफुल उत्पादन, मूर्तिकला, विद्युत, सूचना, स्वास्थ्य, शिक्षा, जडिवुटि, पर्यटन लगाएत विबिध क्षेत्रका स्रोत, साधन, पेशा, सिप र व्यवसायलाई सहकारी मार्फत परिचालन भई सहकारी संस्कृतिको विकास भईरहेको छ ।
सहकारी स्वभावैले कसैको प्रतिस्पर्धि हुनै सक्दैन । सबै पक्षलाई समेटेर लान सक्ने क्षमता र हैसियत नै सहकारी संग छ । स्वाधीन अर्थतन्त्रको लागि सहकारी निर्विकल्प आर्थिक सामाजिक र साँस्कृतिक स्पान्तरणको माध्ययम हो ।

सहकारीले बिश्वव्यापी रुपमा प्राप्त गरेको उचाई र व्यापकतालाई स्वीकार गर्दै यसले गरिबी न्यूनिकरणमा पु¥याएको योगदान, रोजगारीको सृर्जना र सामाजिक एकीकरणमा खेलेको भूमिकाको उच्च सम्मान गर्दै प्राथमिकताको साथ संयुक्त राष्ट्र संघले समेत सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी बर्षको रुपमा मनाउने घोषण गरे बमोजिम सहकारी जागरण र सचेतनामुलक विविध कार्यव्रmमका साथ अन्तर्राष्ट्रिय सहकारी वर्ष सम्पन्न भएको छ । सहकारी अभियानको विकास र प्रर्वघनमा योगदान गरिरहेको यस संघलाई ९१ औं अन्र्तराष्ट्रिय सहकारी दिवशको अवसरमा राष्ट्रिय सहकारी संघद्धारा उत्कृष्ठ सहकारी पुरस्कार प्रदान गरेको छ ।

दुरदृष्टि (Vision)
सहकारी संघ÷संस्थाहरुलाई सुदृढिकरण गरि व्यवसायिक र प्रतिस्पर्धात्मक बनाउने ।

परिलक्ष्य (Mission)
सहकारी संघ÷संस्थाहरुलाई सहकारी शिक्षा, तालिम र सूचनाको माध्यमबाट प्रतिस्पर्धात्मक, व्यवसायिक इमान्दारिता, पारदर्शिता र जवाफदेहि बनाउनुका साथै सहकारी संघ÷संस्थाहरुको क्षमता विकास गरी सहकारी अभियान लाई अगाडि वढाउने ।

उद्देश्य(Objectives)
(क) संघको कार्यक्षेत्र भित्रका संस्था तथा विषयगत संघको विकास तथा प्रवद्र्धन गर्ने ।
(ख) आफ्ना सदस्य संस्था विषयगत संघको व्यवसायिक तथा आर्थिक विकासका लागि सहयोग गर्ने ।
(ग) सदस्य संस्था विषयगत संघको बीच सहयोग र समन्वय कायम गर्ने ।

सम्पर्क

Lalitpur-14, Mahalaxmisthan
Phone No:977-01-5522381
Email: info@dcul.org.np
letter.dcul@gmail.com
dculalitpur@hotmail.com

उद्देश्य

(क) संघको कार्यक्षेत्र भित्रका संस्था तथा विषयगत संघको विकास तथा प्रवद्र्धन गर्ने ।
(ख) आफ्ना सदस्य संस्था विषयगत संघको व्यवसायिक तथा आर्थिक विकासका लागि सहयोग गर्ने ।
(ग) सदस्य संस्था विषयगत संघको बीच सहयोग र समन्वय कायम गर्ने ।

दुरदृष्टि

सहकारी संघ÷संस्थाहरुलाई सुदृढिकरण गरि व्यवसायिक र प्रतिस्पर्धात्मक बनाउने ।